माट्रिका आई फाउन्डेशनले मंगलवार निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दै

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, २ कात्तिक । माट्रिका आई फाउन्डेशन आँखा अस्पतालले यही मंगलवार कात्तिक ६ गते निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दैछ । शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको पनि निःशुल्क अपरेशन गर्ने जनाएको छ । बडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा माट्रिका आइ फाउन्डेशन आँखा अस्पतालले वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी मेनरोडस्थित अस्पताल परिसरमा मंगलवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म शिविरको आयोजना गर्ने जनाएको छ । आँखामा समस्या भएका, आँखाका उपचार गर्न असमर्थ रहेका गरीब, असहायहरुको निःशुल्क उपचारको साथै मोतियाबिन्दुको पनि निःशुल्क अपरेशन गर्ने अस्पतालले जनाएको छ । साथै शिविरमा औषधि पनि निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्