बहुदरमाईका मेयरको हठका कारण ५० करोडको बजेट प्रस्ताव अन्योलमा

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, १२ असोज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साहको हठका कारण ५० करोडको बजेट प्रस्ताव अन्योलमा परेको आरोप लगाइएको छ ।
जनता समाजवादी पार्टीबाट निर्वाचित मेयर सिंगासन साहले पार्टीगत हठका कारण सो रकम बराबरको बजेट प्रस्ताव अन्योलमा पारेको आरोप लागेको हो ।
नेकपा एमालबाट निर्वाचित नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृह जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ७ फुलकौल गाउँमा छ ।
मन्त्री गुप्ताले त्यहाँको विकासको लागि पहिलो बैठक नगरपालिकाको वडा नं. ८ रामनगरीमा राखि जनप्रतिनिधीको सर्वपक्षिय भेला बसाएर २० करोडको बजेट प्रस्ताव गराएर अर्थमन्त्रालयमा पेस गरिसकेको वडा नं. ५ का वडाअध्यक्ष सुनिल प्रसाद कुशवाहा बताए ।
जसमा मेयरसहित जनप्रतिनिधी र कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । तर मन्त्री गुप्ताले अर्काे ५० करोडको बजेट प्रस्ताव स्वीकृतका लागि बितेको मंगलवार वडा नं. ६ गम्हरियामा राखेको बैठक मेयर साहको कारण बिथोलिएर सो बजेटको प्रस्ताव हुन नसकेको वडा नं. १ का वडाअध्यक्ष प्रमोद यादव र वडाअध्यक्ष सुनिल कुशवाहाले समेत बताए ।
बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा मन्त्री गुप्ताले गरेको कार्यक्रममा डोकैला बहुअरीको विद्यालयको भवन निर्माण, नगरदाहामा रहेको विद्यालय भवन निर्माण र बिश्रामपुरमा कोल्ड स्टोर निर्माण कार्यको लागि कागजात बनेर मन्त्रालयमा पेस भईसकेको छ ।
भागबण्डा नमिल्दा नगरसभा अनिश्चित
बहुदरमाई नगरपालिकामा हालसम्म नगरसभा भएको छैन् । जनप्रतिनिधीहरू बिच बजेटको भागबण्डा नमिल्दा हालसम्म नगरसभा हुन नसकेको नगरपालिकाका एक कर्मचारीले बताए ।
अल्पमतमा रहेका मेयरको वडअध्यक्षहरूसंग तालमेल नहुँदा असार १० गतेभित्र सम्पन्न गरिसक्नु पर्ने नगरसभा अन्योलमा रहँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब लगायत सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाभित्र आन्तरिक द्वन्द्वले नगरसभा यथास्थितिमा हुने अवस्था देखिएको छैन् । –साभारः साझेदारी दैनिक
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्