पर्सा जिल्लाबाट गाँजासहित एकजना पक्राउ

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, १७ साउन । आठ किलो ४४० ग्राम गाँजासहित पर्सा जिल्लाबाट एकजना व्यक्ति पक्राउ परेका छन् । पर्सा जिल्लाको पटेर्वा सुगौली गा.पा.४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले चेक जाँच गर्ने क्रममा बेलुवाबाट देवरवाना जाँदै गरेको भारतीय नं.को मोटरसाइकल सहित चालक पर्सागढी न.पा. ९ एकटाङ्गा बस्ने वर्ष ३४ को जग मोहन यादवलाई पक्राउ गरेको हो । उनले मोटरसाइकलको सिटमुनि र शरिरमा बाँधीएको अवस्थामा लागू औषध गाँजा ८ किलो ४४० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्