लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिकै लुकिछिपी बसेका सोही स्थानका मुकेश महतो र सिताराम महतो रहेको प्रहरीले जनाएको छ । उनीहरू ७–८ जनाको समूहमा लुटपाट गर्न तयारी अवस्थामा रहेको सूचना पाएपछि प्रहरीले उक्त स्थानमा छापा मारी दुईजनालाई पक्राउ गरेको छ । बाँकी फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्गाभगवती गाउँपालिका–३, मत्सरीका ३५ वर्षीय कृष्णमणी झा मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए । झाझपुल नजिकै पुगेपछि लुटेरा समूहले उनलाई रोक्न खोजी धनमाल र मोटरसाइकल लुट्ने प्रयास गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटिइ उक्त स्थानबाट कृष्णमणी झालाई सकुशल उद्धार गर्नुका साथै दुईजना लुटेरालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्