वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत बुखार चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मंगलवार बिहान करिब १०ः३५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान बारा जिल्ला, फेटा गाउँँपालिका–५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका थिए भने घटनावारे जानकारी पाएपछि प्रहरीले तुरून्तै घटनास्थल पुगेर बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणवारे अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको छ।
यस घटनाले सडक सुरक्षाको विषय फेरि चासोको विषय बनेको छ। स्थानीयले दुर्घटनास्थलमा ट्राफिक व्यवस्थापन मजबुत बनाउन माग गरेका छन।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्