मधेस आन्दोलनका शहीदहरुको सम्झना गरेर मनाइयो बलिदान दिवस

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, ५ माघ । बलिदानी दिवसको अवसरमा वीरगंजको घण्टाघरमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरूको प्रतिमाहरुमा माल्यार्पण गरिएको छ ।
मधेसी जनताको पहिचान र अधिकारका लागि आफ्नो ज्यानको आहुती दिने मधेश आन्दोलनका सहीदहरूको सालिकमा वीरगंज महानगरका मेयर राजेशमान सिंह लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा पूर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिहासन सा तेलीका साथै जसपाका नेताकार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।
मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादतप्राप्त गरेका शहिदहरूको स्मृतिमा माघ ५ गतेलाई मधेस केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउFदै आएका छन् ।
बलिदानी दिवस मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानलाई स्मरण गर्न मनाउने गरिन्छ । विशेषतः २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा यो दिवस मनाइन्छ। रमेश महतोको निधनसFगै शुरू भएको आन्दोलनले मधेशमा संघीयता र समावेशिताको मागलाई बलियो आधार प्रदान गरेको थियो। आन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको विरोधमा मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष अशोक राई, उपाध्यक्ष सुशिला श्रेष्ठ, केन्द्रीय सहमहामन्त्री एवं खानेपानीमन्त्री प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पूर्व प्रदेश सभासदस्य जन्नत अन्सारी, वरिष्ठ नेता प्रेमबाबु पटेल, नेताहरू उमेशलाल साहनी, नेकमहम्द अन्सारी, तबरेज अहमद, मुकेश द्विवेदी, ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्