जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रहरी निष्क्रिय, सडक सुरक्षा र पैदल यात्री प्रभावित

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695

जीतपुर सिमरा उपमहानगरपालिकाले नगर प्रहरीलाई परिचालन गरे पनि प्रभावकारी काम नगरेको भन्दै स्थानीयवासीले तीव्र असन्तोष व्यक्त गरेका छन् । स्थानीयका अनुसार पैदल यात्रीका लागि बनाइएको सडक छेउ (पेटी)मा व्यवसायिक सामान राखेर किनबेच भइरहेको छ, जसले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ उत्पन्न गराएको छ ।

सडक छेउमा रहेका ती समानले न केवल पैदल यात्रीलाई समस्या पारेको छ, दुर्घटनाको जोखिम पनि बढाएको स्थानीयको भनाइ छ । यस्तै, अटो, गाडी, र मोटरसाइकल पार्किङ अव्यवस्थित रहेको र यो अवस्थालाई सुधार गर्न नगर प्रहरीले कुनै चासो नदेखाएको गुनासो पनि स्थानी यले गरेका छन् ।

नगर प्रहरीको भूमिका केवल उपस्थितिमा सीमित रहेको छ । उनीहरूले कुनै प्रभावकारी कदम चालिरहेका छैनन्, जसका कारण सडक समस्या जटिल बन्दै गएको छ । नगरपालिकाले यस विषयमा चाँडै ध्यान नदिएमा स्थानीयहरूले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । नगर प्रहरीको निष्क्रियताले नागरिकहरूको दैनिक जीवनमा गम्भीर असर पुर्याएको भन्दै सुधारको माग गरिएको छ ।

- Advertisement -
Ad imageAd image
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्