सशस्त्र प्रहरी, पर्साद्वारा सीमाक्षेत्रका बासिन्दालाई कपाल काट्ने तालिम

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, २२ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वार्टर पर्साले पर्सा जिल्लाको धोबिनी गाउँपालिकाका सीमा क्षेत्रका विपन्न व्यक्तिहरुलाई निःशुल्क कपाल काटने तालीम शुरु गरेको छ । धोबिनी गापा–२ भिखमपुर स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पर्सा परिसर भित्र आठ दिने कपाल काट्ने तालीम शुरु गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी नरेन्द्र सिंह धामीले जानकारी गराउनुभएको छ ।
बोर्डर एरिया डेभलपमेन्ट कार्यक्रम र क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत सशस्त्र प्रहरी बलले अन्तराष्ट्रिय सीमाना जोडिएका वडाका विपन्न नागरिकहरूलाई लक्षित गरी विगत देखिनै देशव्यापी रूपमा कार्यक्रम संचालन गर्दै आइरहेको छ । सो कार्यक्रम अन्तर्गत नै भिखमपुरमा कपाल काट्ने तालिम संचालन गरिएको हो । यस तालिममा सशस्त्र प्रहरी बलका तालिम प्राप्त केश कर्तक प्रशिक्षकहरूबाट सीमा इलाकाका २० जना ईच्छुक युवाहरूलाई निःशुल्क रूपमा तालिम प्रदान गरिने छ । कार्यक्रममा धोबिनी गाँउपालिका प्रमुख मदन प्रसाद चौहान, सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति स.प्र.उ. राधेश्याम धिमाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति तथा वि.ओ.पि पतिहरू र धोबिनी गाँउपालिका वडा नं.१ र २ का वडा अध्यक्ष, स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थिहरू लगायत ५०–६० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमाबासीसंग सशस्त्र प्रहरीले सुमधुर सम्बन्ध स्थापना तथा सीमा इलाकाका नागरिकहरूसंगको सहकार्य तथा सीमा इलाकाको विकाशका कार्यमा सहभागिता स्वरूप यस्ता कार्यक्रमहरू गर्दै आएको र भविष्यमा समेत यस्ता कार्यहरूको निरन्तरता दिईने बताउनु भयो ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्