भौतिकवादी समाजको बारा जिल्ला भेला सम्पन्न

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695

वीरगंज, २७ साउन/
भौतिकवादी समाज नेपालको प्रथम बारा जिल्ला भेला जीतपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यनाथ श्रमजीवीले आजको युग विज्ञान र प्रविधिको युग भएकोले अन्धविश्वास, रूढीवाद र पाखण्डमा लाग्नु मूर्खता रहेको बताए । उनले मानिस तर्कशील, विवेकशील, मानववादी र प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिए । अध्यक्ष श्रमजीवीले नेपाल–भारत जस्तो देश अझैपनि विकास गर्न नसक्नूको कारण विज्ञान मुखी चिन्तन शिक्षा र समाजमा हाबी हुनुभन्दा पनि अन्धविश्वास र रूढिवाद हावी भएको बताए ।

कार्यक्रममा कोषाध्यक्ष तथा बारा जिल्ला इन्चार्ज उमेश साहले हाम्रो जीवनशैली अब भौतिकवादी हुनुपर्छ र सबै कुरामा प्रश्न गर्ने बानी बिकास गर्नुपर्ने बताए ।

रौतहटका भौतिकवादी बिनोद काफ्लेले समाजभित्र अन्धविश्वास समाप्त पार्न हामीले बढी भन्दा बढी विज्ञान प्रविधिको प्रयोग गर्न जरूरी रहेको तथा आफ्नो जीवनकालमा आफैले भौतिकवादी जीवनशैली अपनाउनु पर्छ अनि मात्रै समाजमा अन्धविश्वास समाप्त हुने बताए ।

कार्यक्रममा संबिधानसभा सदस्य जयराम दाहाल, जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल, बिदुर खडका, आशमोहम्मद अंसारी, नीरज साह, सौरभ चौगाई, राम साह, शिवरात्री चौधरीलगायतले विचार राखेका थिए ।
भेलाले सन्दीप चौधरीको अध्यक्षतामा नौं सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा आशमोहम्मद अन्सारी, सचिव नीरज शाह, कोषाध्यक्ष अनिता चौधरी तथा सदस्यहरूमा राम शाह, सौरभ चौगाई,बिदुर खर्का, शिवरात्री चौधरी लगायत छन् ।
भेलाले सर्वसम्मतिबाट जयराम दाहाल र राजन पौडेललाई सल्लाहकारमा चयन गरेको छ । कार्यक्रमको सञ्चालन अध्यक्ष श्रमजीवीले गरेका थिए ।

- Advertisement -
Ad imageAd image
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्